काठमाण्डौँ, असार २७ । हाल देशभर लगातारको मनसुनि वर्षा भई रहेको छ । हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू–भागमा अवस्थित छ । यसको साथै मध्य र पूर्वी भू–भागमा न्यून चापिय क्षेत्र समेत रहेको छ जसका कारण आगामि २–३ दिन सम्म मनसुन अति सक्रिय भैरहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनु महाशाखाले जनाएको छ । साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।

यस्तो छ तिन दिनको मौसम पुर्वानुमान

असार २७ गते (शुक्रबार)
दिउसो: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राति: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २८ गते (शनिबार)

दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असार २९ गते (आईतबार)

दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।
राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्