जयगढ, २७ असार २०७६ ।बन्नीगढि जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले मेरो चरित्र हत्या गर्ने उदेश्यले आधार रहित भ्रम पुर्ण समाचार सम्प्रेषण गरेको खण्डन गर्दै एक प्रेस बिज्ञप्ति जारी गर्दै आपत्ती जनाउनु भएको छ ।

गत असार २५ गते बन्नीगढी टुदे नामक अनलाइन पत्रिकामा युवा स्वरोजगार कार्यक्रममा अध्यक्ष खड्का विरुद्ध मनपरी अडियोसहित भनी काल्पनिक,भ्रमपुर्ण समाचारको सम्बन्धमा बिज्ञप्ति मार्फत यथार्थता सार्बजनिक गर्नु भएको छ ।

गाउँपालिकाको बैठकद्वारा युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो । बैठकबाट निर्णय भए अनुसार ७ दिन को सुचना गाउँपालिका कार्यालयबाट सार्बजनिक गरि इच्छूक ब्यक्तिले निबेदनको मिति अनुसार सहभागी छनौट प्रकृया अनुसार गाउँपालिका अध्यक्ष खड्काको कुनै किसिमको सलग्नता नरहेको बिज्ञप्ति मार्फत सबैलाई ध्यानाकर्षण गराउनु भएको छ ।

अनलाइनमा आबद्ध पत्रकार बारम्बार गाउँ कार्यपालिकामा आएर विभिन्न बहानामा रकम माग गर्ने गरेको र पालिकाबाट बिना काम रकम दिन असमर्थता जनाएको कारण गाउँपालिका तथा मलाइ (अध्यक्ष) लाई बदनाम गराउने उदेश्यले समाचार सम्प्रेषण गरेको उहाँको भनाइ छ ।

मेरो चरीत्र हत्या गर्ने उदेश्यले बदनामको हिसाबबाट समाचार सम्प्रेषण गरिएको र भ्रमको पछाडी नलाग्न उहाँले अनुरोध समेत गर्नु भयो ।

आवश्यक परेको खण्डमा अनलाइनमा काम गर्ने पत्रकारले गाउँपालिकामा माग गरेको रकम , प्रपोजल र बिल समेत प्रस्तुत गरिने बताउनु भयो ।

गाउँपालिकाले जारी गरेको बिज्ञप्ति

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्