गोरखा, २६ असार २०७६ शहिद लखन गाउपालिका वडा -७ बुङकोटमा रहेको बुङकोट स्वास्थ्य चौकीमा अब ल्याब संचालन हुने भएको छ ।

त्यसैगरी, बिभिन्न सामाग्री र स्वास्थ्य सामाग्री र साथै वडा-८ सामुदायीक स्वाथ्य केन्द्र लाकुरीको लागी पनि स्वास्थ्य सामाग्री हस्तान्तरण (घैरुङ,नाम्जुङ,दर्बङ,फुजेल,घ्यालचोक,स्वाथ्य चौकी) भएको छ ।

बिशेष गरी बिकासप्रेमि युवा नेता वडा अध्यक्ष शरण श्रेष्ठको बिशेष पहलमा मनोज एसोसियन फ्रान्स नेपाल संयोजक धन बहादुर गुरुङको बिशेष पहलमा ग्रनवल युनिभरसिटी फ्रान्स चिकित्सक शास्त्र बिधार्थिहरुले मनोज एसोसियसन फ्रान्ससंग समन्नयमा सामग्री हस्तान्तरण गरिएको छ । नमस्ते -५ प्रोजेटको सहयोगमा बुङकोट स्वाथ्य चौकीमा ४ लाख वडा-८ सामुदायीक स्वाथ्य केन्द्रमा १ लाखको सामाग्री आज एक कार्यक्रम गरि हस्तान्तर गरिएको हो ।

शहिद लखन गा पा वडा ६/७/८ र ९ को जनताले प्रत्क्षय लाभ पाउने छ , सकेसम्म चाडै सन्चालन गर्न सकियो भने जनता धेरै खुसी हुने छन् । ल्याब सन्चालको लागी करि ९० प्रतिशत सामाग्री र अन्य स्वाथ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ जसमा बर्थिङ सेन्टरको समान ,डपलर ,थर्मेमिटर,बिपिसेट,वयट मिसेन,फिरीज,बेड,ईयान टी सेट,स्टेचर,हेडलाईट लगाएतका सामान हरु हस्तान्तरण गरिएको हो ।

बिशेषगरि वडा ७/८ को पहल प्रत्यक हप्ताको गोरखा अस्पतालको सहयोगमा शुक्रबार बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान र महिनाको पहिलो मगलबार लाईन आखाँ अस्पताल गोरखाको सहयोगमा नि:शुल्क आँखा जाच र औषधी बितरण गर्दे आएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो

जनतालाई सरल सेवा दिनको वडा बाट दिने सेवा प्रभाहा अरु भन्दा राम्रो छिटो छरीतो रहेको वडा कार्यलय पनि ब्यबस्थित तरिकाले संचालन गर्न सिसि क्यामरा, ईटरकम,वाई फाई खानेपानी, हुलाकटिकट फ्रि फोटो कपि पेपर निःशुल्क तथा सफा सौंचालएको पनि ब्यबस्था गरिएको छ भने उक्त वडा गोरखामा नै नमूना वडाको रुपमा बिकशित गर्ने लक्ष्यको साथ अघिबढीरहेको सम्पूर्ण वडा बासी साथ र सहयोग एवम गाउपालिकाको अध्यक्ष रमेश बाबु थापाको सहयोग प्रति पनि अध्यक्ष श्रेष्ठले धन्यबाद दिनु भयो

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्