काठमाडौं, २६ असार २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार बेलुका राजधानीका विभिन्‍न स्थानमा नेविसंघले सरकारले कांग्रेसप्रति दिएका अभिव्यक्ति, विषादीयुक्त तरकारी भित्र्याउनेलगायतका सरकारका क्रियाकलापविरुद्ध मसाल जुलुस निकालेको हो ।

बिहीबार नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । जसमा प्रहरीले हस्तक्षेप गर्दे नेविसंघका केही नेताकार्यकर्ता पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदिप अधिकारी, विजय ढुंगाना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जन लगायत छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्