जापान, रासस/ सिन्ह्वा, असार २५ टोकियो । जापानमा अपांगता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ ।

जापानको श्रम तथा समाजकल्याण कार्यालयले मंगलवार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपांगतामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका छन् ।

सन् २०१८ मा कार्यरत अपांगता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६ दशमलव ३ प्रतिशतले कामका शिलशिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले काम र उपचारको सञ्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताहरुले बताएका छन् ।

तर सर्वेक्षणमा सहभागी मध्ये ८४ दशमलव ५ प्रतिशतले कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए ।
अहिले काम नगरिरहेकाहरु मध्ये ६४ दशमलव २ प्रतिशतले पनि आफुहरु काम गर्न चाहिरहेको बताएका थिए ।

श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा १ हजार जना सहभागी भएका थिए । ती मध्ये ६६४ जना काम गरिरहेका थिए, २६८ जनाले काम छाडिसकेका थिए भने ६८ जना काम छाड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरु २० देखि ६४ बर्ष उमेर समूहका नागरिक थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्