गोरखा, २५ असार २०७६ । जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिरानचोक गाउँपालिकाले जितेको छ ।

जिल्ला सरदमुकामको सरस्वती मावि आहालेमा भएको प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित १८ पदकको साथमा सिराचोकले उपाधी उचालेको हो ।

‘हामीले शिक्षा र खेलकुदलाई विशेष जोड दिइरहेका छौं, सोही अनुसार भाइबहिनीहरुले मेहनत गर्नुभयो’  ‘त्यसैको नतिजा हो यो ।’ शिक्षक र अभिभावकको योगदान पनि उल्लेख्य रहेको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो ।

सिरानचोकले जिल्लाका ९ स्थानीय तहलाई पछि पारेको छ ।

११ वटा स्थानीय तह मध्ये पालुङ्टार नगरपालिकाले भने प्रतियोगतामा सहभागिता जनाएको थिएन् ।

यसैगरी अजिरकोट गाउँपालिका दोश्रो भएको छ । ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित अजिरकोटले १३ पदक जितेको छ । त्यस्तै ५ स्वर्ण, ४ रजत र २ कास्य सहित सहिद लखन गाउँपालिका तेश्रो भएको छ । शहिद लखनले ११ पदक हात पारेका छ । आईबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न ३० विधामा प्रतिस्पार्धा गराइएको थियो ।

प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ५ कास्य सहित आरुघाट गाउँपालिकाले १३ पदक जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी गण्डकी गाउँपालिकाले १० पदक हात पारेको प्रतियोगिताको व्यवस्थापक सरस्वती मावि आहालेका सहायक प्रअ राजन कट्टेलले जानकारी दिए । यसैगरी बारपाक सुलिकोटले २ स्वर्ण, १ रजत २ कास्य सहित ५ पदक हात पारेको छ । सदरमुकामको गोरखा नगरपालिकाले भने ४ रजत र ३ कास्य सहित ७ पदकमा चित्त बुझाएको छ । उत्तरी गोरखाका दुई गाउँपालिकाले धार्चे र चुमनुब्रीले पनि खाता खोल्न सफल भएका छन् । धार्चे गाउँपालिकाले २ रजत र चुमनुब्रीले १ कास्य पदक पाएको छ ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बसन्त गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिका–८ का अध्यक्ष कृष्णबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेता विद्यार्थीहरुलाई मेडल र शिल्ड प्रदान गरिएको आयोजक जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ । प्रतियोगिताका विजेता विद्यार्थीहरुले पोखरामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता जनाउने पाउने छन् । उनीहरुलाई बुधबार बिहान बिदाई गर्ने तयारी गरिएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिनु भयो  ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्