काठमाडौँ, २३ असार २०७६ । सर्लाही घटनालाई लिएर विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् ।

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए ।

मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ पनि दिए ।तर गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन माग समेत गरेका छन् ।

त्यसपछि सभामुख कृष्णबहादुर महराले संसदीय समिति गठनसम्बन्धी मागका विषयमा आवश्यक परामर्श गरेर निर्णय लिइने बताउनु भयो  । “ आवश्यक परामर्शका लागि समय दिनुहोस्, उचित निर्णय हुन्छ, त्यसका लागि सकारात्मक छाँै, समय चाहियो । ” सभामुख बोलिरहँदा काँग्रेस र राजपाका सांसदले आआफ्नो आसनबाट उठेर रोष्ट्रम अगाडि आई नाराबाजी गरिरहे । उहाले भन्नुभयो ।

नाराबाजीका बीचमा नेकपाका खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै ती शब्द हटाउन माग गरे । यसपछि सभामुख महराले बैठक १५ मिनेट स्थगन गरेका थिए ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्