काठमाडौँ, २४ असार २०७६ । उद्योगी व्यवसायीहरुले कर्जा र निक्षेपको व्याजदरको अन्तर २ प्रतिशत कामय हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर्जा र निक्षेपको व्याजदरको अन्तर २ प्रतिशत कायम हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनु भएको हो ।

सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भूकम्पले क्षति पु¥याएका उद्योगहरुलाई अनुदान दिने सरकारको निर्णय कार्यान्वयनमा लैजान पनि नेपाल राष्ट्र बैंकको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक विकासका लागि भारतबाट आयात हुने बस्तुहरुको दायरा बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताउनु भयो । उहाँले भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन पनि अव आउने मौद्रिक नीतिले भारतीय नोटहरु पनि नेपालमा प्रयोगमा ल्याउन सकिने व्यवस्था गर्न पनि नेपाल राष्ट्र बैंकलाई सुझाव दिनु भयो ।

बैंकर अनलराज भट्टराईले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुले पनि विदेशमै रहेर नेपालमा बैंकिङ कारोबार गर्ने व्यवस्था हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नु भयो ।

उद्योगीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा पनि जोड दिएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्