गोरखा, २२ असार २०७६ । पालुङटार नगरपालिकाले सहकारी कर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले तयार पारेको सहकारी ऐन तथा अनलाइन मार्फत कारोबार गर्ने सफ्टवयरको प्रयोगका सन्दर्भमा सहकारीका अध्यक्षहरुलाई दुईदिने कार्यक्रमको आयोजना गरि सहजिकरण गरिएको हो ।

उक्त कार्यक्रममा पालुङटार नगरपालिका भित्र कार्यक्षेत्र भई स्थापित रहेकाे सहकारीहरुकाे संचालक समिति प्रतिनिधि , व्यवस्थापक र नयाँ दर्ताकाे तयारीमा रहेका तदर्थ समितिकाे अध्यक्षहरुकाे सहभागीता रहेको थियाे ।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारती, गोरखा जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइराला, भिम बहादुर श्रेष्ठ, सरोज देवकोटा, चेतकुमारी श्रेष्ठ लगायतले सहजिकरण गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्