काठमाडौँ, २२ असार २०७६ । विषादीयुक्त फलफुल तथा तरकारीको आयात सरकारले नरोके भारतीय गाडीलाई सीमा नाकामै जलाइदिने ‘हाम्रो पार्टी नेपाल’ ले चेतावनी दिएको छ ।

राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको नीति कार्यक्रम तथा सरकारसँगको मागपत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा उक्त पार्टीका अध्यक्ष गोविन्द बोहोरा (ब्रम्हाण्ड) ले विषादीयुक्त फलफुल तथा तरकारीका भारतीय गाडी चेकजाँच नगरी नेपाल छिराउँने काम बन्द नगरे सिमानामै गाडी जलाइदिने चेतावनी दिनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ब्रम्हाण्डले अब एनसेल र चौधरी ग्रुप जस्ता ठुला कम्पनीमा पनि मजदुरका लागी ५० प्रतिशत शेयरका लागी आफ्नो पार्टीले आन्दोलन अगाडी बढाउने जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्