१३ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो ।नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता नलिए पनि विपक्षमा मत दिएनन् ।नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् । फोरम नेपालका सांसदले भने संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्