काठमाडौँ, २१ असार २०७६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निजी आवास अनुदानका लागि सम्झौता नगरेका लाभग्राहीले आइतबारसम्म सम्झौता गरी सक्नुपर्ने भएको छ ।

उक्त सम्झौता गर्न शनिबारसम्मको समय दिएको भए पनि पुनर्निर्माण प्राधिकरणले आइतबारसम्म सम्झौता गर्न सकिनेगरी जिल्ला जिल्लामा परिपत्र गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे जानकारी दिनु भयो ।

प्राधिकरणले अब पनि अनुदानका लागि सम्झौता नगरे उनीहरुलाई सूचीबाटै हटाउने निर्णय गरेको छ । लाभग्राही सूचीमा रहेका प्रभावितले आइतबारसम्म अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिनुपर्ने सहप्रवक्ता घिमिरेले बताएको छ ।

यसरी समय नतोकेको खण्डमा झण्डै ६० हजार भूकम्प प्रभावितले सम्झौता गरेका थिएनन् भने, अहिले यो संख्या घटेर झण्डै ४८ हजारमा झरेको छ ।

अन्तिम समय आइतबारसम्म मात्र भएकाले त्यसपछि सम्झौता नहुने र लगत लिएर सम्झौता नगर्नेलाई सूचीबाट हटाउन आवश्यक प्रक्रिया सुरु हुने समेत सहप्रवक्ता घिमिरेले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्