गोरखा, २१ असार २०७६ । गोरखा सदरमुकाममा मुक्तिनाथ बिकास बैंकको शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ ।

काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको उक्त बैंकले फागुन २ गतेबाट गोरखाको शक्तिचोकमा शाखा सञ्चालन गरेको थियो । बिहीबारबाट ९२ औं शाखाको रुपमा औपचारिक रुपमा बैंकले सेवा सुरु गरेको हो ।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले एक कार्यक्रमका विच बैंकको उद्घाटन गरेका हुन् । सोही अबसरमा बोल्दै उनले जिल्ला सदरमुकाममा बैंक तथा वित्तिय संस्थाको बिस्तार हुनु राम्रो भएको भन्दै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गरे । ‘गोरखा बजारमा बैंक तथा वित्तिय संस्था उपस्थिती बढ्नु निकै राम्रो कुरा हो’ उनले भने ‘तर अब संघियता लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुसार बैंकहरुले स्थानीय तहले आवश्यकता महशुस गरेको क्षेत्रमा लगानी बिस्तार गनुसक्नु पर्छ ।’

कार्यक्रममा बोल्दै संस्थापक भरत ढकालले गोरखाबासीको आवश्यकता र चाहना अनुसार बैंकले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्