एजेन्सी, २१ असार २०७६ । पाकिस्तान इस्लामिक राष्ट्र भएकै कारण त्यहाँ रहेका अल्पसंख्यकहरुमाथि दमन र अत्याचार हुने गरेको , जबरजस्ती धर्म परिवर्तन गराउँने गरेको आरोपहरु लाग्दै आएका छन् ।

तथापी पछिल्लो समय भने पाकिस्तानले अल्पसंख्यकहरुका लागि पनि अधिकारहरु सुनिश्चित गर्दै आईरहेको छ । त्यसमाथि पनि इमरान खान प्रधानमन्त्री बनेपछि उनको सरकारले पाकिस्तानमाथिको उक्त छबी पनि परिवर्तन गर्ने कसरतमा छन् । यसबीच इमरान खानको सरकारले पाकिस्तानमा रहेको ७२ बर्षपछि हिन्दुहरुको पुरानो मन्दिरको ढोका खोलिदिएको छ ।

सरकारले स्यालकोटस्थित हजार बर्ष पुरानो शिवला तेजा सिंह मन्दिर खुला गरिदिएको हो ।

सरकारले अब उक्त मन्दिर सदाका लागि खोल्ने घोषणा पनि गरेको छ । सन् १९४७ मा भारतबाट पाकिस्तान टुक्रिएपछि उक्त मन्दिर बन्द गरिएको थियो । सो क्षेत्रबाट हिन्दुहरु पलायन भएपछि उक्त मन्दिर बेवारिसे जस्तै भएको थियो । सन् १९९२ मा अयोध्यामा बाबरी मस्जिदमाथि आक्रमण भएपछि कट्टरपंथीहरुले उक्त मन्दिरमा पनि बिस्फोट गराएका थिए जसको कारण त्यहाँका अधिकांश स्तम्भहरु क्षतिग्रस्त अवस्थामा रहेका छन् ।

पाकिस्तानस्थित हिन्दु संगठनहरुले उक्त मन्दिर खोल्न आग्रह गर्दै आईरहेका थिए फलस्वरुप इमरान खानको सरकारले उक्त मन्दिर खोलिदिएको हो ।

साथै सरकारले उक्त मन्दिरको संरक्षणका लागि ५० लाख आर्थिक सहयोग गर्ने पनि घोषणा गरेको छ । सो रकमबाट पनि मन्दिरको पुर्ननिर्माण हुनेछ ।

१० औँ शताब्दीमा निर्माण भएको उक्त मन्दिर खोल्ने घोषणको हिन्दुहरुले स्वागत गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्