काठमाडौँ, २० असार २०७६ । सामाजिक सुरक्षा कोष संकलनको काम साउनदेखि सुरु गर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिनु भयो ।

काठमाडौँमा शुक्रबार भएको कार्यक्रममा महत्वपूर्ण सयम लिएर बोल्दै उहाले सामाजिक सुरक्षा कोषमा सूचीकृतको संख्या उत्साहजनक नभए पनि कोषमा रोजगारदाता र श्रमिक सूचीकृत हुने काम भइरहेकाले साउनदेखि नै कार्यक्रम लागू हुने जानकारी दिनु भयो ।

उहाका अनुसार अहिलेसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगारदाता कोषमा सूचीकृत भएको जानकारी दिनु भयो  ।

‘कोषमा बारेमा बुझाइमा कमी भएका कारण पनि कोषमा सूचीकृत हुनेको संख्या कम भएको हो।’ उक्त कार्यक्रममा सबै श्रमिकलाई अवकाशपछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताउनु भयो ।

उहाका अनुसार कोषले सेवा अवकाशपछि दिने उपचार खर्च लगायतको सुविधा गरिब समूदायको हितमा रहेको जानकारी दिनु भयो  ।

यसैगरी, सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेहरुको संख्या अहिलेलाई उत्साहजनक नरहे पनि त्यसप्रति आकर्षण बिस्तारै बढ्दै जाने कार्यकारी निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्