गोरखा,२० असार २०७६ । अजिरकोट गाउँपालिका, गोरखा जिल्ला, गण्डकी प्रदेश, नेपाल

२०७६÷०७७

उपस्थित सम्मानित उपाध्यक्ष ज्यु,

गाउँसभा सदस्य ज्युहरु,

राष्ट्र सेवक कर्मचारीहरु,

पत्रकार महानुभावहरु,

बुद्धिजिवि, विभिन्न पेशा व्यवसायीहरु,

नागरिक अगुवा साथै सम्पुर्ण अजिरकोटवासी वुवाआमा, दाजुभाई तथा दिदीवहिनीहरु,

अजिरकोट गाउँपालिकाको आ।व। २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्न पाउदा आफुलाई गौरवान्वित महसुस भइरहेको छ । सायद लोकतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरुको वलिदानी नभई दिएको भए अधिकार सम्पन्न स्थानिय सरकारको प्रमुखको रुपमा यस गरिमामय सभामा यसरी अजिरकोटगाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्न सम्भव हुने थिएन होला । यसर्थ ती ज्ञात अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।

अजिरकोट गाउपालिका सधै प्रस्पिर्धात्मक वहुदलिय लोकतान्त्रीक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, विविधताको सम्मान, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निश्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रीक मुल्य र मान्यतामाप्रतिवद्ध रहेको कुरा अवगत गराउन चाहन्छु । संघियता कार्यान्यनको क्रममा देखिएको संक्रमणकालीन जटिलता माझमा पनि नागरीकको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको चाहनालाई मुर्त रुप दिन अजिरकोट गाउपालिका प्रयासरत रहेको कुरा यहाँहरुलाई विदित नै छ ।

स्थानिय सरकारको रुपमा विगत दुई वर्षको अभ्यास र सिकाइले हामीलाई अवसर र चुनौतीहरुकोवोध गराएको छ । एकातिर जनताको घरदैलोको सरकारको रुपमा कार्य गर्दै जाँदा जन आकांक्षा र चाहनालाई संवोधन गर्न सहज हुने देखिन्छ भने अर्कोतिर संक्रमणकालिन जटिलताहरुले चुनौतिका चाङहरु थपिएका छन् । यी चुनौतिहरुलाई अवसरमा रुपान्तरण गर्दै नागरिक मैत्री स्थानिय सरकारको पहिचानलाई थप सशक्त पार्न हामी दृढ संकल्पित छौ ।

उपस्थित गाउपालिका उपाध्यक्ष ज्यू,

सभाका सदस्य ज्यूहरु,

अब म यस गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेको छु ।

१। “दिगो विकास हाम्रो सोच, सुन्दर,शान्त,समृद्ध अजिरकोट”मुल नाराका साथ आर्थिक वर्ष २०७६÷०७७ लाई अजिरकोट गाउँपालिकाको योजनाबद्ध विकासको आधार वर्षको रुपमा लिदै आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासको क्षेत्रमा लक्ष्य, उद्देश्य, रणनीति र कार्यक्रम बीच तादम्यता मिलाई सुचक सहितको विकास क्रियाकलापहरुलाई अगाडि वढाईने छ ।

क¬) आर्थिक विकास तर्फ़

२। सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्य मार्फत अजिरकोटको आर्थिक समृद्धिलाई बढवा दिदै लगिने छ ।निजी र सहकारी क्षेत्रलाई विकासका सारथीका रुपमा लिदै यी क्षेत्रको प्रवद्र्धन र नियमन गर्दै लगिनेछ ।

३। कृषि पूर्वाधारहरुको निर्माण तथामर्मत सम्भार गरी कृषिको विविधिकरण, व्यवसायीकरण र बजारिकरणमार्पmतवास्तविक कृषकहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरु लागु गरिनेछ । अर्गानिक अजिरकोट ब्राण्ड राख्दै अजिरकोटका कृषि उत्पादनहरुलाईअर्गानिक पहिचान सहितको वजारीकरण गरिनेछ ।

४। गाउँपालिका स्तरीय नमुना कृषी फार्मको निर्माण गरी मौरी पालन, फलफुलखेती, अलंैची तथा कफी खेती जस्ता नगदे बाली तथा वेमौसमी अर्गानिक तरकारी खेतीको प्रवद्र्धन गरी सम्भाव्य कृषि उत्पादनलाई मध्य नजर गरीजोन तथा पकेट क्षेत्रको व्यवस्था गरिनेछ । कफी तथा अलैंची खेतीको विस्तृत परियोजना प्रतिवेदन९म्एच्० तयार गरी अभियानकै रुपमा कार्यान्वयन गरिनेछ ।

५।  “अध्यक्ष साना कृषक उत्थान कार्यक्रम” लागु गरी कृषिमा निर्भर साना तथा युवा कृषकहरुलाई कृषि पेशामा आकर्षित तथा प्रोत्साहित गरिनेछ ।

६। नमुना कृषि प्लटको निर्माण गरी कृषि क्षेत्रको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्दै लगिनेछ ।

७। आगामी आर्थिक वर्षदेखि हरेक वडाबाट नियमित पशु सेवा तथा कृषि सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था गरिने छ । रैथाने प्रजातीकापंक्षी र कृषि उत्पादन तथा पशु नश्ल सुधारलाई प्रवद्र्धन गर्दै जैविक कृषीलाई प्राथमिकता दिईनेछ ।

८। बाली तथा पशुपंक्षी विमा कार्यक्रमको थालनी गर्दै व्यवसायीक कृषी तथा पशुपंक्षी पालनमा युवा पुस्तालाई आकर्षित गरिनेछ ।

९। पशुपंक्षी स्वास्थ्य सेवालाई सरल र सर्वसुलभ गराउनुका साथै नमुना फ्रेस हाउसलाईक्रमशः विस्तार गर्दै लगिनेछ ।

१०। “पर्यटकको सत्कार, अजिरकोटको संस्कार”मुल नाराका साथ आगामी आर्थिक वर्षलाई एग्रो पर्यटन तथा ईको पर्यटन प्रवद्र्धन वर्षको रुपमा लिदै पर्यटकिय पूर्वाधार निर्माण तथा बजारीकरण मार्पmत पर्यटन अर्थतन्त्र निर्माणको आधार वर्षको रुपमा लिइनेछ ।

११। स्थानिय गौरवका आयोजनाको रुपमा पर्यटकिय पूर्वाधारहरु पदमार्ग, होमस्टे, स्थानिय पर्यटकिय उत्पादनका साथै सांस्कृतिक केन्द्रको निर्माण गरी “पर्यटनमा लगानी, अजिरकोटको आम्दानी” को रुपमा लिईनेछ ।

१२। सहकारीको नियमन रप्रशिक्षण कार्यलाई सवल वनाई सहकारी क्षेत्रको प्रवद्र्धन तथा सवलीकरण गर्दै लगिनेछ ।

१३। उपभोक्ता अधिकार र हितको संरक्षण गरी बजार अनुगमन र गुणस्तर परिक्षणलाई प्रभावकारी पार्दै सुरक्षित उपभोगलाई सुनिश्चित गरिनेछ ।

१४। अजिरकोट औद्योगिक ग्राम स्थापना गर्दै क्रमशः औद्योगिक तथा व्यापारिक पुर्वाधारहरुको विकास गर्दै लगिनेछ । रैथाने ज्ञान, सीप र प्रविधीमा आधारित उद्योगहरुलाई प्रोत्साहन गर्दै लगिनेछ ।

१५। हरेक नागरिकको वित्तिय क्षेत्रमा पहुँच स्थापित गर्दै स्वस्थ वित्तिय प्रणालीलाई प्रवद्र्धन गर्दै लगिनेछ ।

ख) सामाजिक विकास तर्फ़

श्री गाउँपालिकाका उपाध्यक्ष ज्यू,

गाउँसभा सदस्य ज्यूहरु,

१६। अजिरकोटवासी नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा सरल र सर्वसुलभ पहुँच अभिवृद्धि गर्न स्वास्थ्य सेवालाई स्तरिकरण गरिनेछ भने नागरिकहरुलाई घरमै वसी स्वास्थ्य सम्वन्धी सल्लाह सुझाव लिन टेली मेडिसिन कार्यक्रम लागु गरिनेछ ।

१७। अजिरकोट गाउँपालिकामा एक कविराज सहितको गाउँपालिका स्तरिय आयुर्वेद औषधालय स्थापना गरिने छ । विभिन्न विद्यालय तथा सार्वजनिक रुपमा योग प्रशिक्षणका लागि गाउँपालिका स्तरिय योग प्रशिक्षकको व्यवस्था गरिनेछ ।

१८।सुत्केरी आमाहरुको पौष्टिक आहारका लागि पोषणयुक्त सामाग्रीहरु सहितको माईतीको कोसेली नामक पौष्टिक आहारयुक्त झोला वितरण कार्यक्रम लागु गरिनेछ ।

१९। अस्थायी प्रकृतीका उपभोक्ता समितिकोसाटो गाउँपालिकाले निश्चित कार्यविधि तथा मापदण्ड वनाई लोकतान्त्रिक र पारदर्शी ढंगले स्थायी टोल विकास संस्था निर्माण गरी विकासमा जन सहभागिता तथा अपनत्व सृजना गर्दै पटक पटक उपभोक्ता समिति गठन गर्ने परीपाटीलाई अन्त्य गरिनेछ ।

२०। गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तर्जुमा गरीमहिलाहरुको सशक्तिकरणको लागि नेतृत्व विकास, उद्यमशिलता तथा सीप विकासका साथैअजिरकोटको आहृवान, नारीको उत्थान मुल भावका साथ“उपाध्यक्ष महिला उत्थान कार्यक्रम” संचालन गरिनेछ ।

२१। विकासका आधार, अजिरकोटका कर्णधार भन्ने भावका साथ बाल अधिकारलाई सुनिश्चित गर्दै बालउत्थानसंग अन्तरसम्वन्धित कार्यक्रमहरु गर्नुका साथै अनाथ तथा असहाय वालवालिकाहरुको शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनको लागि विशेष व्यवस्था गरी बालमैत्रीस्थानिय सरकारको रुपमा अजिरकोट गाउँपालिकालाई स्थापित गरिनेछ ।

२२। अजिरकोट गाउँपालिकाका निश्चित गाउँ÷टोलहरुलाई आत्मनिर्भर,सफा र सुविधायुक्त स्मार्ट भिलेजको अवधारणा अनुसार अगाडि बढाईपाईलट परियोजना संचालन गर्न विभिन्न सरकारी तथा गैर–सरकारी साझेदार संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।

२३। गुणस्तरिय, व्यवसायीक तथाप्रतिस्पर्धात्मक शिक्षामा जोड दिदै गाउँपालिकाले आवश्यक शैक्षिक नीति तथा कानुनी आधारहरु निर्माण गरी शिक्षा क्षेत्रको प्रर्वद्धन तथा नियमन गर्दै शिक्षकहरुको पेशागत क्षमता विकास, शिक्षक÷विद्यार्थी तथा अभिभावक बीच त्रिपक्ष्ीाय संवाद र संचार, शैक्षिक च्यालेन्ज फण्ड र डिजिटल लर्नीङ(सिकाई)माजोड दिइनेछ ।झिकाउ, टिकाउ र विकाउ नीति लिदै हरेक बालबालिकालाई अनिवार्य विद्यालय भर्ना हुने वातारणको सृजना गर्दै विद्यालय छाड्ने प्रवृतिलाई क्रमशः शुन्यमा झारी गुणस्तरीय र सीपयुक्त शिक्षामा जोड दिइनेछ । अजिरकोट गाउँपालिकाको परिचय झल्कने गरी अजिरकोटको सेरोफेरोपुस्तक आगामी शैक्षिक सत्रदेखि लागू गरिनेछ ।

२४। अजिरकोटगाउँपालिका क्षेत्रभित्र कार्यरत सामाजिक संघसंस्थाहरुसंगको समन्वय र सहकार्यमा अजिरकोट गाउँपालिकाको विकासको लागि नियमित अन्तरकृया र अन्तरसम्वाद गरिनेछ । सामाजिक संघ संस्थाहरुको विकास वजेटलाई अजिरकोट गाउँपालिकाले प्राथमिकिकरण गरेको क्षेत्रमा परिचालन गर्न आवश्यक समन्वय गर्दै अजिरकोट गाउँपालिकामा कार्यरत हरेक गैरसरकारी संस्थाहरुको बार्षिक बजेटलाई गाउँपालिकाको वार्षिक वजेट पुस्तिकामा समावेश गरि परिचालनगरिनेछ ।

२५। व्यवस्थित आवासका लागि कानुनी आधारहरु तयार गर्दै एकिकृत वस्ती विकास गर्दैलगिनेछ ।

२६। युवा तथा खेलकुदसंग अन्तरसम्बन्धित विविध कार्यक्रमहरु संचालन गरी युवा तथा खेलकुद विकासलाई प्रभावकारी गराउंदै लगिनेछ साथैविद्यालयमा खेलकुद शिक्षकको व्यवस्था गरिनेछ । अजिरकोट अन्तर माध्यमिक तह रनिङ शिल्ड प्रतियोगिता संचालनमा लिईनेछ ।

२७। वैदेशिक रोजगारीमा गएका युवा जनशक्तिहरुलाई आफ्नै गाउँमा फर्की स्वरोजगारीमा संलग्न गराउन च्यालेन्ज फण्डको व्यवस्था गर्दै फर्क युवा अभियान संचालन गरिनेछ ।

२८। आदिवासी÷जनजाती, फरक क्षमता भएका,जेष्ठ नागरिक, दलित, अल्पसंख्यक र सिमान्तकृत समुदायहरुको उत्थानका लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ । असी वर्ष नाघेका वृद्ध वृद्धाहरुलाई बुढेसकालको सहारा कार्यक्रम लागू गरिनेछ ।

२९।विभिन्न जातजाती तथा समुदायका अनुकरणिय सांस्कृतिक परम्परार सम्पदाहरुको जगेर्ना गर्न संरक्षणात्मक र प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिनेछ ।

३०। अजिरकोट गाउँपालिका क्षेत्रभित्र विभिन्न पेशा÷व्यवसायमा संलग्न व्यक्तिहरुको वर्षमा एक दिन बरावरको आम्दानी जम्मा गरी सामाजिक उत्तरदायित्व कोष सृजना गरिनेछ । यसलाई निश्चित मापदण्ड र कार्यविधि बनाई समाज सेवाका विविध क्षेत्रमा परिचालन गरिनेछ ।

३१। अजिरकोट ब्रेनगेन(वौद्धिक) फोरमको निर्माण गरी  अजिरकोट भन्दा बाहिर वसोवास गर्ने अजिरकोट मूल थलो भएका व्यक्तित्वहरुलाई अजिरकोटको विकास तथा समृद्धिको लागि वौद्धिक, भौतिक  र सामाजिक सहयोग गर्नप्रोत्साहित गरिनेछ ।

ग) पूर्वाधार विकास तर्फ़

३२। अजिरकोट गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजनाले आंैल्याएका क्षेत्रगत आयोजनाहरुको योजना वंैक वनाई हरेक आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वहुवर्षिय योजनाको रुपमा लगानी गरिनेछ ।

३३। फुटकर र टुक्रे आयोजनाहरुलाई निरुत्साहित गर्दै ठूला र प्रभावयोग्य आयोजनाहरुको छनौट गरी नागरिकले महशुस गर्ने विकास आयोजनाहरु संचालन गरिनेछ ।

३४। श्रमको सम्मान, अजिरकोटको अभियान मुल नाराका साथ श्रममुलक आयोजनाहरुलाई प्राथमिकताका साथ संचालन गरिनेछ । प्राविधिकको विशेष सिफारिसमा बाहेक हेभी ईक्विपमेन्ट (ठुला उपकरण)हरु प्रयोगमा रोक लगाउंदै गाउँपालिकाका आयोजनाहरुलाई क्रमशः डोजर निषेधित आयोजनाको रुपमा परिणत गरिनेछ ।

३५। नयाँसडक खोल्ने भन्दा भईरहेका सडकहरुलाई बाहर््ै महिना संचालनमा ल्याउन सडक  तथा अन्य पूर्वाधार मर्मततथासुधार गर्ननियमित रुपमा सडक मर्मत श्रमिकहरुको व्यवस्था गरिनेछ ।

३६। भवन निर्माणमा संघीय सरकारद्वारा पारित भवन संहितालाई कार्यान्वयनमा ल्याई सुरक्षित भवन निर्माणलाई प्रोत्साहन गर्दै निश्चित मापदण्ड तर्जुमा गरी नक्सापासलाई अनिवार्य गरिनेछ ।

३७। उज्यालो अजिरकोट मुल नारा सहित वैकल्पिक उर्जा मार्फत टोलवस्तीहरुमा उज्यालो गाउँको व्यवस्था गरिनेछ । विद्युतको केन्द्रिय ग्रिडसंग आवद्ध हुनेगरी ग्रामिण विद्युतिकरणमा जोड दिइनेछ र लघु जलविद्युतहरुको मर्मत संम्भारलाई निरन्तरता दिईनेछ ।

३८। पाँचवटै वडा कार्यालयहरु लगायत अन्य सरकारी कार्यालयहरुका साथै आम नागरिकहरुमा इन्टरनेटको पहुँच विस्तार गर्दै लगिनेछ । अजिरकोट गाउँपालिकालाई क्रमशःफ्री वाइफाइ जोनको रुपमा विस्तार गर्दै लगिनेछ ।

३९। एक घर एक धाराको मुल मर्मलाई मुर्त रुप दिदै हरेक नागरिकको स्वच्छ र स्वस्थ पानीमा सरल रुपमा पहुँच विस्तार गर्दै लगिनेछ ।

४०। नागरिकका तात्कालिक विकास आवश्यकतालाई सम्बोधन गर्ने गरी हरेक वडामा चालिस प्रतिशत उपभोक्ता र साठी प्रतिशत गाउँपालिकाले व्यहोर्ने गरी विकास साझेदारी कार्यक्रम लागु गरिनेछ ।

घ) वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ़

४१। हरेक विकासका गतिविधीहरुमा दिगो विकासलाई आत्मसात गर्दै वृक्षारोपण, जलवायु परिवर्तनको न्युनिकरण र अनुकुलन,रैथाने प्रजातीको संरक्षण र प्रवद्र्धन, जैविक विविधताको संरक्षण र प्रवद्र्धन गरी वातावरणीय सन्तुलन कायम राखिनेछ ।

४२। एक घर एक बोट, हरियाली अजिरकोट कार्यक्रम लागू गरी हरेकघर, टोल वस्ती, सडकपेटी तथा सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिनेछ ।

४३। गाउँपालिका स्तरिय खानेपानी तथा सरसफाई (वास) नीति तयारगरी जैविक र अजैविक फोहरको वर्गिकरण गरी फोहरमैला व्यवस्थापन, सरसफाइ र पुर्ण सरसफाई (पोस्ट ओ।डि।एफ।) कार्यक्रमलाई सशक्त पार्दै लगिने छ ।

४४। पानीका मुलहरुको संरक्षण, पहिरो नियन्त्रण, तटवन्ध, भूक्षयको रोकथाम गर्दै भ–ूसंरक्षण र जलाधार संरक्षणका कार्यक्रमहरु लागू गरिनेछ ।

४५।सामुदायिक वनको संरक्षणका लागि वन उपभोक्ता समितिहरुको नियमन, व्यवस्थापन तथा क्षमता विकास गरी वन सम्पदाको दिगो व्यवस्थापन गर्दै लगिनेछ ।

४६। धार्चे र बारपाक सुलीकोट गाउपालिकासंगको समन्वय र सहकार्यमा  हर्वल जोन निर्माण गरी जटा मसी, निरमंसी, पाँच औंले, लौठ सल्ला, कुट्की, सतुवा, यार्सा जस्ता मुल्यवान जडीबुटि संरक्षण तथा प्रवद्र्धन  गर्दै नागरिकको दीगो आय आर्जनसंग एकाकार गरिनेछ ।

४७। ठूला आयोजनाहरु कार्यान्वयन हुनु अघि प्रारम्भिक वातावरणीय परिक्षण गरिनेछ भने कार्यान्वयन पश्चात वातावरणियप्रभाव मूल्यांकन गर्ने नितिगत व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ ।

४८। विपद् व्यवस्थापनका कानुनी आधारहरु जस्तै स्थानिय विपद् व्यवस्थापन ऐन, विपद् व्यवस्थापन कोष संचालन कार्यविधि र विपद पूर्व तयारी कार्ययोजना वनाई विपद् पूर्व, विपद् समयर विपद् पश्चात्का चरणहरुमा गर्नुपर्ने कार्यहरु संचालनका लागि आवश्यक व्यवस्था गर्दै गाउँपालिका स्तरिय विपद् व्यवस्थापन केन्द्र स्थापना गरिनेछ ।

४९। भूकम्प प्रभावित नागरिकहरुले आवास निर्माणका लागि राज्यबाट पाउने सेवा सुविधाहरुलाई सरल र व्यवस्थितगराउंदै उनीहरुको जिविकोपार्जनसंग सम्वन्धित आयआर्जनका विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।

ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ़

५०। गाउँपालिकाको सांगठनिक विकासलाई प्राथमिकता दिदै जनप्रनिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि क्षमता विकासका विविध कार्यक्रमहरु लागु गरिनेछ ।

५१। विधिको शासनलाई प्रवद्र्धन गर्न स्थानिय सरकारको रुपमा रहेको गाउँपालिकाको लागि आवश्यक कानुनी संरचनाहरु तयार गर्दै लगिनेछ ।

५२। घुम्ति सेवा र सुचना प्रविधी मार्पmत सेवा प्रदान गर्दै नागरिकलाई सहज र सुलभ रुपमा सार्वजनिक सेवामा पहुँच स्थापित गर्नआवश्यक संस्थागत सुदृढीकरण गरिनेछ ।

५३। सुशासनका आयामहरुलाईगाउँपालिकाका हरेक कृयाकलापको केन्द्रमा राखी वित्तिय अनुशासनलाई पूर्ण रुपमा परिपालन गरी सेवा प्रवाह र विकास गतिविधिलाई नागरीकमैत्री÷नागरिक उत्तरदायीगराउंदै लगिनेछ ।

५४। नागरिकलाई आवश्यक सुचना तथा सेवामा सहज पहुंच पुर्याउनका लागि (सहजिकरण गर्न)गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा नागरिक डेस्क स्थापना गर्दै लगिनेछ ।

५५। गाउँपालिकाको लागि आवश्यक जग्गाको सुनिश्चित गरी प्रशासनिक भवन निर्माणको कार्य अगाडी वढाईनेछ । विस्तृत परियोजना प्रतिवेदन पश्चातमात्र प्रशासनिक भवन निर्माण कार्य थालनी हुनेभएकोले प्रशासनिक कार्य संचालन गर्न जग्गाको सुनिश्चत भए पश्चातसेवा प्रवाहको लागि आवश्यक पुर्वाधारको व्यवस्था गरिनेछ ।

५६। सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण लगायतका सार्वजनिक उत्तरदायित्वका औजारहरुको प्रयोग गरी जवाफदेही शासन प्रणालीको स्थापना गरिनेछ । नागरिकका जिज्ञासा तथा गुनासाहरु सम्वोधन गर्न हेलो अजिरकोट कार्यक्रम लागु गरिनेछ ।

५७। आन्तरिक आयका क्षेत्रहरु पहिचान र परिचालन गरी आन्तरिक आयलाई क्रमशः वढवा दिदै लगिनेछ ।

५८। अजिरकोटगाउपाकिालाई कर रकम वुझाउने उत्कृष्टकरदातालाई पुरस्कृत गर्दै आन्तरिक आय प्रवद्र्धनका कार्यक्रमहरु लागु गरिनेछ ।

५९। अजिरकोट गाउपालिकाद्धारा संचालित विभिन्न आयोजनाहरुको नियमानुसार जिम्मा लिई समयमै कार्य सम्पन्न गरी उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई प्रोत्साहित गर्ने प्रणालीको थालनी गरिनेछ ।

प्रस्तावित नीतिगत व्यवस्था तथा कार्यक्रमहरु मध्ये प्रायस यही आर्थिक वर्षदेखी कार्यन्वयनमा लैजाने र बाँकी क्रमशः आगामी आर्थिक वर्षदेखी कार्यान्वयनमा लगिनेछ ।

अन्तमा,

अजिरकोट गाउँपालिकाको समग्र विकासको लागि गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिका क्षेत्रभित्र कार्यान्वयन गर्ने नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन गर्ने क्रममा समस्त अजिरकोटवासी, राजनैतिक दल, नागरिक समाज, बुद्घिजिवी, अर्धसरकारी तथा गैरसरकारी संघसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारजगत, विकास साझेदार लगायत सबै पक्षहरुबाट विगत भन्दा सक्रिय ढंगले रचनात्मक सहयोग सद्भाव रहनेछ भन्ने विश्वास लिएकोछु ।

धन्यवाद

जय अजिरकोट

 

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्