अस्ट्रेलिया, २० असार २०७६ । अस्ट्रेलियामा कामदारहरुको पारिश्रृमिक बृद्धि भएको छ । ‘फेयर वर्क कमिसन’ले देशको न्यूनतम पारिश्रमिक ३ प्रतिशतले बृद्धि गरेपछि त्यहाँ रहेका कामदारहरु लाभान्वित हुने भएका हुन् ।

कमिसनले जुलाई १ बाट लागु हुने गरी पारिश्रमिक वृद्धि गरेको हो । नयाँ वृद्धि पछि अब अस्ट्रेलियाली श्रमिकको साप्ताहिक पारिश्रमिक ७४०.८० डलर अर्थात घण्टाको पारिश्रमिक १९.४९ डलर बनेको छ ।

नयाँ पारिश्रृमिक लागु भएसंगै अब त्यहाँका कामदारले साप्ताहिक २१.६ डलर बढी कमाउने भएका छन् । तर यस वर्ष न्यूनतम ज्पारिश्रमिकमा भएको बृद्धिदर अघिल्लो बर्षको तुलनामा पनि थोरै हो ।

अघिल्लो वर्ष न्यूनतम पारिश्रमिकमा ३।५ प्रतिशतले बृद्धि गराएको थियो । कमिशनले बर्तमान समय आर्थिक अवस्था भने जस्तो नभएकोले कम बृद्धि गरिएको बताएको छ । अस्ट्रेलियाको अर्थतन्त्रमा अघिल्लो वर्षको दोस्रो खण्डमा उलेख्य कमी आएको थियो । प्रारम्भिक सूचकले सन् २०१९ को आर्थिक अवस्था पनि उस्तै रहने अर्थशास्त्रीले अनुमान गरेका छन् ।

यसअघि अष्ट्रेलियाको ट्रेड युनियनले न्युनतम पारिश्रमिकमा ६ प्रतिशतको बृद्धिको माग गरेको थियो । पारिश्रृमिक बृद्धि नभएको कारणले अधिकांशले सामाजिक सञ्जालमाफर्त आलोचना गर्दै आईरहेका थिए ।

तथापी कमिशनको यस निर्णयको सबैले स्वागत गर्दै प्रशंसा गरेका छन् । साथै केही श्रमिक गरीबीको रेखामुनी रहेकाले तिनको लागि थप सहयोगको प्याकेज ल्याउनुपर्ने माग गरेका छन् । अष्ट्रेलियामा नेपालीहरुको संख्या पनि निकै उच्च छ त्यसैले पारिश्रृमिक बृद्धिले त्यहाँ रहेका नेपालीहरु पनि लाभान्वित हुनेछन् भने थप आय आर्जन गर्न पनि सक्षम हुनेछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्