गोरखा, १९ असार २०७६ । दुर्गम गाउँ केरौंजाकी एलिजा गुरुङ काठमाडौंमा जारी मिस इण्डिजेनियस एसके इन्टरटेनमेण्ट २०१९ को छनौट प्रतियोगितामा भाग लिइरहेकी छन् ।

गोरखा जिल्लाको धार्चे गाउँपालिका २ केरौंजाकी गुरुङले ट्यालेण्ट राउण्ड पार गरी शुक्रबार राष्ट्रिय नाचघर जमलमा हुने फाइनल प्रतियोगिताको तयारी गरिरहेकी छन् । शुक्रबार इन्टरडक्शन राउण्ड, प्रश्नोत्तर राउण्ड र फाइनल राउण्डमा सहभागी हुदैछिन् । फाइनल प्रतिष्पर्धाका लागि एलिजासंगै १० जना छन् ।

केरौंजा घर भई लामो समयदेखि लम्जुङमा रहेकी कृष्ण गुरुङले पनि प्रतिष्पर्धामा भाग लिएकी छन् । एलिजा तमु ह्युला छोजधि गुरुङ राष्ट्रिय परिषदको जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको पनि जिल्ला सदस्य हुन् । साथै दुर्गम ठाउँ केरौंजामा रहेर समाजसेवा गरिरहेकी प्रतिभा हुन् ।

प्रतियोगितामा नौ जनालाई उछिनेर मिस इण्डिजेनियस २०१९ बन्न सफल हुने उच्च मनोबलका साथ अघि बढिरहेको उनले बताइन् ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्