काठमाडौं, १८ असार २०७६ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसर पारेर जोरपाटीस्थित मेडिकल कलेजमा उपचारत मिर्गौला रोगका पीडित बिरामीलाई आर्थिक सहयोग गरिएको छ ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपसमा संकलन गरेको ५२ हजार रुपैयाँ संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्पबहादुर खत्रीलाई सहयोग गरिएको हो ।

नेविसंघ धनकुटा बहुमुखी क्याम्पस इकाई सभापति करुणा कटवालको समन्वयमा संकलन भएको उक्त रकम नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले मिर्गौला पीडित खत्रीलाई हस्तान्तरण गरेको  निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनु भयो  ।

सहयोग हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान महामन्त्री काफ्लेले सुख–दुःखमा नेविसंघले दिनुपर्नेमा जोड दिनु भयो । उहाले सहयोगी अभियानमा हातेमालो गर्न देशभरी र विदेशस्थित सम्पर्क समितिमा आबद्ध नेविसघका नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्