काठमाडौं, असार १८ । लोकसेवा विज्ञापनको दोब्बर शुल्क तिरेर आवेदन दिने समय म्याद मंगलबारबाट सकिएको छ । आयोगका  अनुसार विज्ञापनमा आवेदन दिनेको संख्या ४ लाख ४० हजार १६३ जना पुगेको छ ।

जसमा समावेशी तर्फबाट मधेशी कोटाबाट एक लाख २ हजार २३६ जनाले, महिला कोटामा २ लाख ९४ हजार ५ सय ८० जनाले दरखास्त दिएका छन भने जनजातीको कोटामा १ लाख ३६ हजार १ सय ५३ जना त्यस्तै दलित कोटाबाट २१ हजार २ सय २८ जनाले दरखास्त दिएको आयोगले जनाएको छ । दरखास्तबाट १४ करोड ४ लाख ११ हजार १५० रुपैया राजस्व संकलन गरेको आयोगले जनाएको छ।

आयोगले नौ हजार एक सय ६२ पदका लागि विज्ञापन खुलाएको छ । विज्ञापन भर्ने अन्तिम म्याद डबल दस्तुर बुझाएर मंगलबार राती १२ बजेसम्मको लागी तोकीएको थियो ।

सर्वत्र चासोको विषय बनेको लोकसेवाको विज्ञापनमाथिको मुद्दामा सर्वोच्चले चार लाखभन्दा बढी दरखास्त परेको र त्यसमा समावेशी समूहका तर्फबाट १ लाख ५० हजारभन्दा बढीले दरखास्त भरिसकेकाले अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेपछि लोकसेवामा आवेदन दिएर परिक्षा तयारीमा लागेका हरुलाई बाटो खुलेको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले चार लाख आवेदकको हक कुण्ठित गर्न नहुने भन्दै रिट निवेदनलाई अग्राधिकार दिँदै पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि लोकसेवा आयोगको विज्ञापनअनुसार परीक्षा तोकिएको समयमै हुने भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्