काठमाडौँ, १६ असार २०७६ । संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि दुबैतिरबार गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ ।

विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि भएको भिडन्तमा सुरक्षा अपनाउनु नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरेको हो ।

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा दुबै पक्षमा कुनै क्षति नभएको भएपनि उक्त क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको कारण सुरक्षाकर्मी परिचालन गरेको हो ।

नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरेको प्रहरी स्रोतले जनाइएको छ ।२५ जनाको टोली सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटाइएको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्