गोरखा, १६ असार २०७६ । सहिदलखन गाउँपालिका–७, बुङकोट चारघरेमा सोमबार बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी छिन् ।

८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरेर हत्या गरेको आरोपमा ५२ वर्षीया गोरिमाया रानालाई प्रहरीले पक्राउ गरेको छ ।

खुर्पा प्रहारपछि गम्भीर घाइते बलबहादुरलाई उपचारका लागि गोरखा अस्पतालमा ल्याइएको भए पनि उपचार हुन नपाई मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

घटना दिउँसो १ बजेको हो । बुहारीले जेठाजुलाई खुर्पा प्रहार गर्नुको कारण भने खुलेको छैन । गोरिमायालाई खुर्पासहित पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी नायव निरीक्षक रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्