काठमाडौ, १६ असार २०७६ । पोषणको अवस्थालाई सुधार गर्न, मिसाबट तथा हानिकारक खानालाई निरुत्साहित गर्दै गुणस्तरीय एवम् स्वास्थ्यबर्धक खाद्यपर्दाथको प्रबर्द्धन गर्न सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेको छ ।

आज सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति २०७१ लाई परिर्माजन गरेर राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेको हो ।

करिब ६ महिनाअघि मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति २०७१ परिमार्जित गरेर नयाँ राष्ट्रिय स्वास्थ्य नीति २०७६ मन्त्रिपरिषदमा लगेको थियो । गत जेष्ठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त नीति पास गरेको थियो ।

उप-प्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले संघीय संरचनामा सबैवर्गको नागरिकका लागि सामाजिक न्याय तथा सुशासनमा आधारित स्वास्थ्य प्रणाली विकास र विस्तार गदै गुणस्तरिय स्वास्थ्य पहुँच र उपभोग गर्ने बताउनु भयो  ।

“नीतिमा उल्लेख भएका रणनीतिहरुलाई कार्यान्वयन गर्न जनशक्ति अस्पतालमाहरुमा उकरण अभाव छ । त्यसलाई पुर्ति गर्न अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा जानकारी गराएको छ ।” अहिले सरकारले कुल बजेटको ४।४८ प्रतिशत मात्र स्वास्थ्यमा विनियोजन भएको छ । त्यो रकम तलब खर्चमा नै सकिन्छ ।” उहाले भन्नुभयो ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा प्रति जैविक प्रतिरोधलाई न्युनीकरण गदै संक्रमणक रोग नियन्त्रण तथा व्यवस्थापनका लागि एकद्धार स्वास्थ्य पद्धतिको विकास तथा विस्तार गरिनुका साथै वायु प्रदुषण, ध्वनी प्रदुषण र जल प्रदुषणलगायतका वातावरणीय प्रदुषणका साथै खाद्यान्न प्रदुषणलाई वैज्ञानिक ढंगले नियमन तथा नियन्त्रण गर्ने, समयानुकुल मिड वाइफ, अस्पताल व्यस्थापन, मेडिकल लिडर सिप, स्वास्थ्य अर्थशास्त्रजस्ता विशिष्टकृत जनशक्ति उत्पादनका लागि आवश्यक प्रबन्ध गर्ने, उच्च माध्यमिक विद्यालयसम्म प्रत्यक विद्यालयमा न्यूनतम एक जना स्वास्थ्य जनशक्तिको व्यवस्था गर्ने आदि समेटिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्