काठमाडौँ, १५ असार २०७६ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा, गोकर्णेश्वर महिला जागरण मञ्च नेपालद्वारा पाँच दिने फोहरमैला व्यवस्थापन सम्बन्धी तालिमका साथै विन वितरण कार्य सम्पन्न गरिएको छ ।

कार्यक्रमको उदघाटन गोकर्णेश्वर नगरपालिका वडा न छ का वडा अध्यक्ष रमेश अर्यालले गर्नु भएको थियो ।

सोही अवसरमा महिलाहरुका लागि महिलाहरुलाई बर्तमान अवस्थामा उनीहरुको अधिकारबारे चेतनामूलक प्रशिक्षण कानुन व्यवसायी तुलसी पौडेलले दिनु भएको थियो ।

गोकर्णेश्वर महिला जागरण अभियान मञ्चकी अध्यक्ष रेणु कार्कीले कार्यक्रमको उदेश्य तथा संस्थाका बारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त तालिममा सहभागी सम्पूर्ण महानुभाबहरुलाई वडा अध्यक्ष रमेश अर्यालले कम्पोष्ट मल बनाउनका लागि विन वितरण गर्नुभएको भएको थियो ।

मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित कार्यक्रमको संचालन मन्जु दर्नालले गर्नु भएको थियो ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्