काठमाडौं, १५ असार २०७६ । धादिङको कृष्णभीरमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा धादिङका श्यामकुमार श्रेष्ठ छन् । मृतक एकजना महिलाको पहिचान खुल्न सकेको छैन ।

प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाका अनुसार कृष्णभीरमा काठमाडौंबाट नारायणघाट जाँदै गरेको लु १ ख ९०७९ नम्बरको गाडीसँग नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा २ ख ४५६७ र बा ३ ख १००४ नम्बरको माइक्रो एकआपसमा ठोक्किन पुगेका थिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी थापाले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्