काठमाडौं, १५ असार २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिवी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिवी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गर्नुभयो  ।

उहाले गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष÷सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष काँग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पार्नुभयो  ।

प्रधानमन्त्री ओलीले आफूले गरेका राम्रा कामको चर्चा नगरिदिए हुने पनि बताउनु भयो, तर देशका लागि, भोलिका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

आइतबारबाट काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मैले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसृर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरुको स्थापना गर्ने पनि प्रधानमन्त्री ओलीको योजना छ । उहाले मुलुकमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको पनि स्पष्ट पार्नुभयो  ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुक भित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नु भयो  ।

२ दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुले रोजगारीको अवसर सृजना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्