एपी, १४ असार २०७६ । सुरक्षाकर्मीहरुले झण्डै २ सय ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् । उच्च तहका पाँच सुरक्षा अधिकारीहरुको हत्या भएपछि ‘कु’को खतरा रहेको आशङ्का चलिरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो ।

राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कताको व्यवस्था गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत हप्ताको अन्त्यमा सेना प्रमुख, एक जना अवकास प्राप्त जनरल र अर्का तीन जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो ।

विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको जनाएका छन् ।

सुरक्षा तथा न्यायिक कार्यदलले अम्हारा क्षेत्रबाट मात्रै २१२ जनालाई गिरफ्तार गरेको जनाएको छ भने अदिस अबाबाबाट ४३ जनालाई गिरफ्तार गरिएको बताएको छ ।

कार्यदलको तर्फबाटगत बिहीबार जारी वक्तव्यमा सुरक्षाकर्मीहरुले दुई ठूला मेसिनगन र २७ स्वचालित राईफल पनि बरामद गरेको उल्लेख छ ।

कार्यदलले हालै भएका दुई आक्रमणका घटनाका बारेमा अहिले पनि विस्तृतमा अध्ययन भइरहेको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्