गल्छी, १५ असार २०७६ । अधिकांश स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेपनि धादिङको गल्छी गाउँपालिकाले भने अहिलेसम्म यसबारे छलफल नै गर्न सकेको छैन ।

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ अमेरिका भ्रमणमा रहेकाले बजेट ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए । बजेटको तयारी नगरीकनै छोराछोरी अमेरिका बस्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अध्यक्ष श्रेष्ठ असार ४ गते अमेरिका गएका हुन् । असार २५ गते फर्कने गरी अमेरिका गएका अध्यक्ष श्रेष्ठले उपाध्यक्षलाई परिषद् गराउने अधिकार नदिएपछि बजेट ल्याउने काम नै नरोकिएको हो ।

गत वर्ष पनि सो गाउँपालिकाको बजेट निर्माणमा ढिलाइ भएको थियो । धादिङ जिल्लामा गल्छीसहित रुविभ्याली, त्रिपुरासुन्दरी, गंगाजमुना गाउँपालिका र धुनीबोसी नगरपालिकाले असार १० गतेसम्म ल्याउनुपर्ने बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्