ललितपुर, १२ असार २०७६ । नेपाली काँग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समीक्षा गर्न सुरु गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार अभियानको बारेमा छलफल सुरु भएको हो । पार्टीले जागरण अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूसँग छलफल सुरु गरेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी दिनुभयो ।
काँग्रेसले गत वैशाख २५ गतेदेखि जेठ २६ गतेसम्म एक महिने जागरण अभियान सञ्चालन गरेको थियो । पार्टी सङ्गठनलाई सुदृढीकरण गर्न उद्देश्यले थालिएको उक्त अभियानका क्रममा केन्द्रीय सदस्यहरूले गर्नुभएको अनुभव आदनप्रदान गर्दै आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा पनि छलफल गरिने पार्टी सभापति देउवाले स्पष्ट पार्नुभयो ।

उहाँले छलफलबाट प्राप्त सुझाव र सल्लाहका आधारमा दोस्रो र तेस्रो चरणको जागरण अभियानलाई थप परिष्कृत, परिणाममुखी र प्रभावकारी बनाइने दाबी पनि गर्नुभयो ।
छलफल कार्यक्रममा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना अनुभव र आगामी दिनका लागि सुझाव पेश गर्न समय दिइने महामन्त्री खड्काले बताउनुभयो । छलफल बिहीबारसम्म चल्ने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

छलफलमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, उपसभापति विजयकुमार गच्छदारलगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बुधबारको छलफल कार्यक्रममा २९ जना सदस्यले आआफ्नो प्रतिवेदन पेस गर्नुभएको पार्टी सचिवालयले जनाएको छ । सदस्यहरूले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा गत निर्वाचनमा गुटउपगुटमा विभाजित भएका काँग्रेसका सदस्य पनि अहिले एक स्थानमा आएको, एकआपसबीचको तिक्तताको अन्त्य भएको जनाइएको छ ।

त्यसैगरी वर्तमान सरकारका काम र गतिविधिहरूको सूक्ष्म विश्लेषण गरिरहेको छ भने जागरण अभियानले कार्यकर्तामा नवीन ऊर्जा सम्प्रेषण गर्न सफल भएको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्