जेष्ठ ७, २०७५   बार्सिलोना लिग च्याम्पियन बन्दै यस सिजनको स्पेनिस ला लिगा फुटबल सकिएको छ । सिजनको अन्तिम खेल खेल्दै बार्सिलोना, स्पानियोल र भ्यालेन्सीयाले ला लिगाको सुखद अन्त्य गरेका छन् ।  बार्सिलोना, स्पानियोल र भ्यालेन्सीयाले जित दर्ता गरे भने  एट्लेटिको मड्रिड र आईबरले भने २–२ को बराबरी खेलेका छन् । योसँगै ला लीगाको यो सिजनको ला लिगापनि सकिएको छ । यो सिजन बार्सिलोना लिग च्याम्पियन बन्दा एट्लेटिको मड्रिड दोस्रो, रियल मड्रिड तेस्रो र भ्यालेन्सीया चौथो स्थानमा रहदै च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । डिर्पोर्टिभो ला कोरुना, लास पाल्मास र मालागा रेलिगेशनमा परेका छन् । सिजनको अन्तिम दिन गएराती बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गर्‍यो । बार्साको जितमा एकमात्र गोल ५७ औ मिनेटमा फिलिप काउटिन्होले गरे । भ्यालेन्सीयाले डिर्पोटिभो लाकोरुनालाई २–१ ले हराउँदा एथ्लेटिको बिल्वाओ स्पानियोलसँग १–० ले पराजित हुन पुग्यो । यसैबीच स्पेनी फुटवलर आन्द्रे एनिएस्टाले बार्सासँगको १६ बर्ष लामो यात्राको औपचारिक अन्त्य गरेका छन् । च्याम्पियन ट्रफी वितरण लगत्तै एनिएष्टालाई टिमका पदाधिकारी, खेलाडी र दर्शकले बिशेष सम्मानका साथ बिदाई गरेका हुन् । उनको कप्तानीमा बार्साले २२ महत्वपुर्ण उपाधि हात पारेको थियो । ३४ बर्षिय मिडफिल्डर एनिएष्टाले सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा यसअघि नै गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्