मुस्लिमहरुको महान पर्व रमजान शुरु, बिस्वभरका मुश्लिमहरुले मनाँउदै ।।। ।इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र – ईद र ईदुज्जुहा – बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी -बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्राय: एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछ्न् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।मनाउने तरिका सम्पादन

ईदको दिनमा बिहानै सबै मुसलमान स्नान गर्छन् । आफ्नो सामर्थ्य अनुसार राम्राराम्रा नयाँ कपडा लगाउँछन् । रमजानको ईदमा नमाजका लागि जानुभन्दा अगाडि सम्पूर्ण मानिस एउटा निर्धारित सद्का-ए-फित्र -धर्मादान) लाई निकालेर गरीब, असहाय वा मदरसाहरूलाई दिन्छन् । नेपालमा प्रत्येक व्यक्तिलाई रु. ५५ सद्का-ए-फित्र निर्धारण गरिएको छ । हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीब गुरूवाहरूको पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरूलाई फित्रा(दान) गर्नु पर्ने नियम छ । बिहान केही घाम चढेपश्चात् सबै मानिस घरहरूबाट निस्किन्छन् जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस्। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित र सम्मिलित हुन्छन्। यस सामूहिक खुसीमा सबै सरिक होऊन् भन्ने विचार गरिएको हुन्छ। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदान -जसलाई इदगाह भनिन्छ)मा पढिन्छ। नमाजका लागि जाँदा सबै मुसलमान यो तक्विर -जप) पढ्दै हिंड्छनः “अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द ” अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकै लागि हुन्।” हरेक गल्ली, बजार एवं बाटो र सडकहरूमा यही नारा लगाइन्छ। ईदगाहको मैदानमा जब सबै मानिस नमाज पढ्नका लागि एकत्रित हुन्छन् तब पंक्तिबद्ध भई एकाग्रतासाथ दुई रकअत नमाज पढ्छन्। इमाम -धर्मगुरु) उभिएर प्रवचन -खुत्बा) दिन्छन ।

(शुक्रवार)को नमाजका विपरीत यो प्रवचन नमाजपश्चात् हुन्छ। धेरैभन्दा धेरै मानिस आˆना नेताको भाषणमा सम्मिलित हुन्छन्। यो मौका वर्षमा दुई पटक मात्रै आउँने गर्छ। इमामले आफ्ना प्रवचनहरूमा शिक्षा, सचेतता, मार्गदर्शन र इस्लामी जमाअत -समूह) का सम्बन्धमा महत्त्वपूर्ण समस्या र मुद्दाहरूमाथि प्रकाश पार्छन्। कुनै फौजी वा राजनीतिक हलचल भएको भए त्यसको प्रबन्ध पनि त्यसै समूहबाट गरिन्छ। सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छ। यो समूह ईदगाहबाट नमाज पढेपछि हिंड्छ। जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किन राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।                                            नमाजबाट फर्किएर ईदुज्जुहाको दिनमा सामथ्र्यवान मुसलमान कुरबानी गर्छन्। यो कुरबानीमा एउटा ऐतिहासिक घटना पनि जोडिएको छ। हजरत इब्राहिमले अल्लाहको सङ्केत पाउँदा आफ्नो छोरालाई ईश्वरको नाममा समर्पणका लागि तयार भएका थिए। त्यही समयमा अल्लाहको कृपाबाट छोराको बदलामा भेडाको कुरबानी गर्ने स्वीकृति भएको थियो। यो कुरबानी गर्नुको अर्थ मुसलमानहरू त्यसै भावनालाई ताजा गर्दछन् जो हजरत इब्राहिमले अल्लाहसमक्ष समर्पण गरेका थिए। कुरबानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। यस नियतको प्रस्तुतीकरण जनावरलाई जिब्ह -हलाल गर्ने) गर्दा यी शब्दहरूबाट हुन्छ।

“ईन्नी वज्जह्तु वज्हिय लिल्लजी फतरस्समावाति वल् अर्ज हनिफऊँ वमा अना मिनल मुश्रिकीन इन्नस्साती व नुसुकी व मह्याय व ममाती लिल्लाही रब्बिल आलमीन ला शरीक लहू व विजालिक उमिर्तु व अना मिनल् मुस्लिमीन अल्लाहुम्म लक वमिन्क ” अर्थ “मैले पूर्ण एकत्रित भएर आफ्नो हृदय त्यस अल्लाहतर्फ गरें जसले आकाशहरू तथा पृथ्वी बनायो। म शिर्क -बहुदेववादी) गर्ने मध्येको होइन। निश्चय नै मेरो नमाज, मेरो कुरबानी, मेरो जिन्दगी तथा मेरो मृत्यु सबै अल्लाहको लागि हो। उनको समकक्षमा अन्य कोही छैन। यसैको मलाई निर्देशन दिइएको छ कि म मुस्लिम तथा आज्ञाकारी हुँ। हे पालनहार Û यो तिम्रो नै सामु पेस छ र तिमीले नै दिएका हौ।”

यस दृश्यलाई सबैले हेर्दछन् जसले गर्दा सबैको हदयमा त्यही कुरबानी र पालनहारको त्यही आज्ञाकारीको भावना ताजा हुन्छ । ईद चाड सकिएको अढाई महिनापछि जिहहिला महिनाको १० तारिखका दिन इदज्जुहा (बक्रइद) भन्ने अर्को चाड मनाउँदछ्न् । यस चाडमा मुसलमानहरु राँगा, बोका (नेपालमा चाँही गोबध निषेध भएकोले गाई काट्दैनन, अन्यत्र इदमा गाई काट्ने चलन छ ।) जस्ता जनावरहरुलाई हलाल गरि कुर्वान गर्दछन् । त्यो मासुलाई तिन भागमा लगाई एक भाग आफुले खान्छ्न् । दोश्रो भाग नाता कुटुम्ब र छरछिमेकलाई बाँडिदिन्छन् र तेस्रो भाग चाँही गरिब-गुरूवाहरुलाई दान गर्दछ्न् । जनावरको छाला बिक्रीबाट जम्मा भएको रकम गरीबहरूलाई बाँड्ने चलन रहेको छ। [३].              रमजान

रमजान इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो । रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भनेर ठूला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् । शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरूको महिनावारी सुरू भएमा त्यो महिलाको रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन । मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । यो दुई किसिमको हुन्छ- तरावी र खत्तम तरावी । यी दुवै नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरसः पढनुपर्छ । खत्तम तरावी कुरानका पूरै हरफहरू कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् । आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरीब, दीनदुखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि “इद”को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानमा लागू हुन्छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन्। नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ । नेपालमा लगभग १० लाख रहेका मुसलमान राजधानी, पहाडी जिल्ला गोरखा र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् ।ओम पाण्डे साउदी ,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्