६ जेठ, काठमाडौं । केहि दिनदेखी लगातार  नेपाली रुपैया कमजोर हुने क्रम अहिले पनि रोकिएको छैन । भारतीय रुपैया निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले स्थानीय बजार र डलरको मूल्यबीच सिधा सम्बन्ध भने हुँदैन । तर, भारतीय अर्थतन्त्र कमजोर भएपछि डलरको दाँजोमा भारतीय रुपैया कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । नेपाल राष्ट्र बैंकले अाइतबार १ डलर बराबर १ सय ८ रुपैया ५२ पैसा तोकेको छ ।  डलरसंग रुपैयाँ कमजोर हुे क्रम लगातार भइरहेको देखिन्छ । वैशाखयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । । भारतीय संचार माध्यमका अनुसार भारतको अर्थतन्त्र कमजोर भएको छ । जसका कारण भारुको अवमूल्यन हुन थालेपछि नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्