काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

चितवनमा अायाेजित एक  कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “अब के यसरी पार्टी चल्न सक्छ ?” क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उहाँको भनाइ थियो ।

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उहाँले भन्नुभयो, “अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ ।” पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।

अबको समयमा काँग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो । काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै उहाँले काँग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताउनुभयो । समाजखबर 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्