दमौली — तनहुँको घिरिङ गाउँपालिका-४ का एमालेबाट विजयी वडाध्यक्ष  झकबहादुर कुमालमाथि एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत बैशाख २५ गते दिउँसो वडाअध्यक्ष कुमालले नवलपरासी बर्दघाटको  डेढगाउँको वनमा जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

‘बालीघाट पुलमा भेटेका वडाध्यक्षले मोटरसाइकलमा बैंकसम्म पुर्याएको र पिछा गरेकाे पीडित महिलाले अारोप लगाएकी छन ।  पीडित महिलाले भनिन्, ‘ दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मलाइ जबरजस्ती गरे ।  उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । तर, वडाध्यक्ष कुमालले भने आफूमाथि झुटो आरोप लगाएको बताएका छन् ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्