नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको आज केन्द्रिय कार्यसमिती बिस्तार गरिएको छ ।
संघी अध्यक्ष उमा रेग्मीले आज विज्ञप्ती जारी गर्दै संघको उपाध्यक्षमा सरस्वती अर्याल तिवारी र सचिवमा उषा रावल मिश्रलाई मनोनयन गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी संघको महाधिबेशन प्रतिनिधिहरु मध्येबाट चितवनकी छली कुमारी शर्मा उपाध्याय, बाँकेकी कमला भट्ट, भक्त्तपुरकी गंगा अवाल, बाराकी नारायणरी रायमाझी र सर्लाहीकी मैया बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
संघको महाधिवेशन भएको लामो समयपछि अध्यक्ष रेग्मीले कार्यसमिति विस्तार गर्नु भएको हो । संघसँगै अधिवेशन भएका काँग्रेसका अन्य भातृ संगठनहरुले भने अहिले सम्म पनि पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्न सकेका छैनन् । पार्टीको केन्द्रिय पदाधिकारी पनि केही दिन अगाडी मात्रै विवादका बीच मनोनयन गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्