यस सिजनको अन्तिम एल क्लासिकोमा आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा रियल म्याड्रिड भिड्दैछ । स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल एल क्लासिकोमा धेरैको नजर रियलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीमा हुनेछ । गत हप्ता नै उपाधिमाथि कब्जा जमाएको बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग प्रतिष्ठाको लागि भिड्दैछ ।
आज हुने क्लासिकोमा पूरै विश्व दुई विपरित ध्रुवमा विभाजित हुनेछन् । विश्व फुटबलका दुई स्टार रोनाल्डो र मेस्सीले फुटबलको धेरै जसो कीर्तिमान एकअर्काबीच राखेका छन् । यस युगकै उत्कृष्ट फुटबलरको रुपमा दुवै खेलाडी चिनिन्छन ।विश्व फुटबलमा सर्वाधिक हेरिने खेलमा बार्सिलोना र रियल म्याड्रिडबीचको खेल पर्दछ ।

नेपाली समयअनुसार राती १२ः४५ मा हुने बार्सिलोना र रियल म्याड्रिडबीचको खेल ला लिगामा दुई टोलीबीच १७६ औँ खेल हुनेछ । सबै प्रतियोगितामा यो २३७ औँ भिडन्त हो । सन् २०१७ को डिसेम्बरमा भएको यो सिजन ला लिगाको पहिलो क्लासिकोमा बार्सिलोनाले रियललाई पराजित गरेको थियो । ला लिगामा पनि कब्जा जमाइसकेको कारण आजको खेल बार्साको लागि प्रतिष्ठाको विषय मात्र बन्नेछ ।

यद्यपि, इतिहासमा दुई क्लबको हेड–टु–हेड खेललाई तुलना गर्दा बार्सिलोनाले विभिन्न विधामा अझै रियललाई पिछा गरिरहेको छ । केहीमा भने बार्सिलोनाअघि रहेको छ ।

पछिल्लो इतिहास हेर्ने हो भने बार्सिलोनाको तथ्याङ्क राम्रो देखिन्छ । सन् १९९०–९१ सिजन यता रियलको ८ को तुलनामा बार्सिलोनाले १५ लिन उपाधि जितेको छ । त्यसयता बार्सिलोनाले ५ पटक युरोपियन उपाधि जित्दा रियलले ६ पटक यो उपाधि जितेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्