एजेन्सी– लिभरपुलका मिडफिल्डर मोहम्मद सालाहले ‘फुटबल अफ द एयर’ अवार्ड जितेका छन् । मोहमद सालाह यो पुरस्कारको पहिलो अफ्रिकी विजेता समेत बनेका छन् । फुटबल राइटर्स एसोसिएसनले प्रदान गर्ने यो अवार्ड एएसोसिएसनका सदस्य पत्रकारको मतका आधारमा प्रदान गरिन्छ ।

टोटेन ह्यामका स्ट्राइकर ह्यारी केन र म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डि ब्रुनलाई पछि पार्दै सालाह विजेता बनेका हुन् । केविन दोश्रो र ह्यारिकेन तेश्रो भए ।

२५ वर्षिय सालाहले यो सिजन लिपुरका लागि ३४ खेलमा ३१ गोल गरेका छन् ।

गत महिना पिएफए प्लेयर अफ दी अवार्ड जितेका इजिप्टका स्टार साहालले अफ्रिकन फुटबल अफ दी एयर र बिबिसी अफ्रिकन फुटबलर अफ दि एयर अवार्ड जितिसकेका छन् ।

गतहप्ता रोमाविरुद्ध गरेका दुई उत्कृष्ठ गोलले सालाहलाई थप मत मिलेको थियो । च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि लिभुरपुलले बुधबार राति रोमासँग खेल्दैछ । यसअघि पहिलो लेगमा लिभरपुलले ५–२ को जित दर्ता गरिसकेको छ । तर बार्सिलोनासँग यस्तै नतिजा उल्ट्याको रोमासँग आजको खेल लिभुरपुललाई सहज भने हुने छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्