काठमाडौँ, ३० चैत्र २०७५ । नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले विप्लवको खुट्टा समातेर कम्युनिष्टसँग नलड्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । उनले कांग्रेस आफैं कम्युनिष्टसँग लड्नुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिए ।

सरकारको अराजकता र प्रतिपक्षको मौनता र युवा विद्यार्थीको भूमिका विषयमा शुक्रबार वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै काफ्लेले पार्टी सभापति देउवाले कमजोर प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै चर्को आलोचना गरे।

उनले भने,‘शेरबहादुर दाइ, विप्लवको खुट्टा समातेर कम्युनिष्टसँग नलडौँ। कांग्रेस आफैं लड्न सक्नुपर्छ। ’ उनले नेविसंघमा ३२ वर्षभन्दा माथिका लागि तदर्थ समितिमा ल्याइए समानन्तर समिति निर्माण गर्ने चेतावनी दिए। काफ्लेले नेविसंघ ३२ वर्षको उमेर हदबन्दीको माग राखे।

नेतृत्वले यस्ता किसिमका कमीकमजोरी गरिरहे नेविसंघले अगामी दिनहरुमा पनि खबरदारी गर्ने सिटौला निकटका विद्यार्थी नेता सिजर भट्टले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्