गोरखा, २८ चैत २०७५ । गोरखाको घ्याम्पेसाल सडक अन्तर्गत पहिलो खण्डको सडक कालोपत्र आजदेखि सुरु भएको छ ।

अन्तर्गत पहिलो खण्डको सडक कालोपत्रे अन्तर्गत फिनाम बाट तप्लेको कटुसघारीसम्म ५.२ कि.मि सडक कालोपत्र हुन लागेको हो ।

१५.४ कि मि को सडक कालोपत्र गर्नका लागि २ वटा ठेकेदार कम्पनी मार्फत काम भइरहेको छ । नेपाल आदर्श तामाङ जेभी ले घ्याम्पेसालबाट गोरखा सदरमुकाम तर्फको १०.२ कि.मि सडक कालोपत्र गर्ने जनाएको छ । र बाकी ५.२ कि मि कालोपत्र गर्ने ठेक्का सिनर्जी जे भी कम्पनी ले प्राप्त गरको छ ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सवारी साधनमा रोक लगाएर सडक कालोपत्र गरिने छ । सवारी साधन लाई बैकल्पिक मार्ग प्रयोग गर्न गोरखा यातायातले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्