काठमाडौं, चत २७

राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनलाई ज्यान मार्ने धम्की दिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई पक्राउ गरेको हो।

केहीदिनअघि अपरिचित व्यक्तिले फोन र एसएमएसबाट ५० लाख रुपैयाँ मागेपछि लिङदेनले प्रहरीमा उजुरी दिनुभएको थियो । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार पराजुली र रोकायालाई काठमाडौंको नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो। राप्रपा नेता लिङदेन झापा–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ।

राप्रपाले महामन्त्री एवं सांसद लिङ्देनलाई ज्यान मार्ने धम्की दिएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेको छ। हत्याका लागि आफूले पचास लाख लिइसकेको भन्दै अमुक व्यक्तिले निरन्तर सांसद लिङ्देनलाई ज्यान मार्ने धम्की दिइरहेको जनाउँदै राप्रपाले मंगलबार विज्ञप्तिमार्फत घटनाको अनुसन्धानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

सांसद लिङ्देनले सोमबार टिवट्मार्फत आफूलाई अमूक व्यक्तिले ज्यान मार्ने धम्की दिइरहेको सार्वजनिक गरेका थिए। उनले निरन्तर रुपमा आफूलाई फोनमा ज्यान मार्ने धम्की आउने गरेको र घटनाका बारेमा प्रधानमन्त्रीलाई समेत अवगत गराइसकेको बताएका छन्। राप्रपाले आफ्ना सांसद लिङ्देनलाई दिइएको हत्याको धम्की व्यक्तिगत मात्र नभई राजनीतिक हुन सक्ने बताएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्