पोखरा, २६ चैत्र २०७५ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले आज तीन वटा विधेयकलाई प्रमाणीकरण गरेका छन् ।

प्रमाणीकरण भएको विधेयकमा ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न विधेयक रहेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक, फागुन २७ गते, प्रदेश आद्योगिक व्यवसाय विधेयक चैत १ गते र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन विधेयक चैत ११ गते प्रदेशसभाको वैठकले पारित गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्