नुवाकोट, २६ चैत्र २०७५ । नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस निकट अध्यक्ष पदका उम्मेदवार ताराबहादुर कार्कीको सानदार जित भएको छ ।

कम्युनिस्ट निकट उम्मेदवार रमेश श्रेष्ठलाई पछार्दै कार्कीले जित हात पारेका हुन् । निर्वाचनमा खसेको १ हजार ४ सय ६२ मतमध्ये विजयी कार्कीले ८ सय १७ मत र पराजित श्रेष्ठले ५ सय ९४ मत ल्याएका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट नै रहेकी गीता अमात्यले जितेकी छन् । उनले ८ सय ६४ मत ल्याएर जित्दा प्रतिद्वन्दी रामकृष्ण भण्डारी ५ सय ४५ मत ल्याएर पराजित भएका छन् ।

कांग्रेस निकट उम्मेदवार प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्रितीय उपाध्यक्षमा सन्तोष उप्रेती र महा-सचिवमा कृष्णप्रसाद अधिकारीले जितेका छन् भने कम्युनिस्ट निकट उम्मेदवार यी सबै पदमा पराजित भएका छन् ।

विजयी उमेद्वारहरुलाई शुभकामना दिनुहुदै नेका नेता अर्जुननरसिंह के सी ले बाम गठबन्धनको अधिनायकवाद अब धेरै समय नटिक्ने भन्दै झुट र भ्रमकाे खेति गरेर जनतालाई झुक्याएकाले जनताले अब वामगठबन्धनलाई बिश्वास नगर्ने वताउनुको साथै नेता के सी ले काङ्ग्रेस आफै एकजुट हुदा कसैले बिगार्न नसक्ने भन्दै पार्टी भित्र व्यापक सुधारकाे खाचाे रहेकाे बताउनु भयो ।

बधाई तथा शुभकामना कार्यक्रममा नुवाकोट नेका पार्टी सभापति जगदिश्वर नरसिंह के सी र नव-निर्वाचित अध्यक्ष ताराबहादुर कार्किले धन्यवाद ज्ञापन गर्नु भएको नेबिसघंका नेता निरन्जन थापाले जानकारि दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्