काठमाडौँ, २२ चैत्र २०७५ । वरिष्ठ लेखक उत्तम सेढाइको ‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक बजारमा आएको छ ।समाजमा भएको विकृति, विसङ्गतिविरुद्ध तिखो प्रहार गरिएको सो पुस्तकमा जनचेतना अभिवृद्धि गराउन लेखकले प्रयास गरेका छन् ।

उक्त पुस्तकको नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले सार्वजनिक गर्नुभयो ।

सोही अवसरमा काङ्ग्रेस नेता केसीले समाज परिवर्तनको निमित्त साहित्य तथा उसका सर्जकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लेखक सेढाइले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो चिन्तन गरेको बताउनुभयो ।

उहाँले देशको राजनीतिक, आर्थिक, सामाजिक, क्षेत्रमा विकृति मौलाउँदै गएको र आफ्नो मात्र स्वार्थ केन्द्रित गतिविधिमा बढोत्तरी भएको भन्दै पुस्तकले मानिसको सोचमा परिवर्तन ल्याउने बताउनुभयो ।

साहित्यकार लक्ष्मण सापकोटाले समाजमा साहित्य लेखनले आम नागरिकको जीवनशैलीलाई परिवर्तन गराउन सफल रहेको बताउनुभयो । पुस्तकका लेखक उत्तम सेढाइले साहित्य मानिसको आँखा भएकाले यसको माध्यमबाट जनचेतना बढाउने प्रयास गरेको बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्