काठमाडौं, चैत २१

प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरुबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसग सामुहिक रुपमा भेटवार्ता गर्नुभएको हो ।

विशेष कुनै एजेण्डा नभएपनि काठमाडौं आएका बेला सामुहिक रुपमा भेटेका हुन् । मुख्यमन्त्रीहरुले खासगरी पछिल्ला समयदेखिएका समस्याका बारेमा केन्द्र सरकारलाई जानकारी गराएका छन् । विकास परिषद्को बैठकका लागि काठमाडौं आएको मौकामा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा समेत छलफल भएको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्