काठमाडौं, २० चैत्र २०७५ । आइतवार बारामा आएको आँधीबाट प्रभावितहरुका लागि राहत बोकेर कांग्रेस नेता प्रदीप पौडेलसहितका नेताहरु प्रभावित क्षेत्रमा पुगेका छन् ।

पौडेलसहित नेविसंघका पूर्वमहामन्त्री कुन्दन राज काफ्ले, पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतका नेविसंघका नेताहरु राहत सामग्री लिएर बारा जिल्लाको सुबर्ण गाउँपालिका १ बगइ पुगेका हुन् ।

उनीहरुले राहतसँगै वासस्थानको लागि बाराका स्थानीय नेबिसंघको समन्वयमा अस्थायी टहरा समेत निर्माण गर्ने सहयोग गर्ने नेविसंघ नेता निरञ्जन थापाले जानकारी दिए । शारीरिक अशक्तताको बीच पिडितको घाउमा मह्लमपटी लगाउने योजनाका साथ पौडेल समेत प्रभावित क्षेत्रमा पुगेका हुन् , पौडेलको केही हिनअघि खुट्टा फ्याक्चर भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्