काठमाडौं, चैत १८

आइतवार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएपछि उद्धारमा खटिएका सुरक्षाकर्मीहरु नै रक्क्तदानमा सक्रिय भएका छन् ।

करिब चार सयभन्दा धेरै मानिस घाइते भएपछि उनीहरुको उपचारका लागि रगत अभावभएपछि नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण रक्तदानमा जुटेका हुन ।

अस्पताललाई एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको थियो । घाइतेको उपचारमै समस्या आएपछि सुरक्षाकमीृहरु रगतदान गर्न सक्रिय बनेका हुन । रगत अभावमा उपचार प्रभावित नहोस भनेर सुरक्षाकर्मी नै रक्तदानमा सक्रिय बनेका हुन ।

यसैबीच प्रदेश नम्बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गर्नुभएको छ । ‘वीरगन्ज अस्पतालमा रगतको अभाव देखियो, स्थानीय साथीहरु वीरगन्ज अस्पताल गई तत्काल रगत दान गरौँ,’ ट्वीटमार्फत झाले भन्नुभएको छ ।

हावा हुरीका कारण बारा र पर्सा गरी २७ जनाको मृत्यु भइसकेको छ भने ४ सय बढी धेरै घाइते भएका छन् । बाराको भलुही, भरबलीया, फेटा, चैनपुलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित भएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्