काठमाडौं, २०७५ साल चैत्र १८ गते सोमबार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा समक्ष ज्ञापन पत्र बुझाएका छ्न ।

पाटन लेडी जेसिसले “घर घरमा महिला हिंसा” भन्ने मुल नाराका साथ महिला बालबालिका प्रति हुने अपराधिक क्रियाकलाप एवंम यौन जन्य हिंसा तथा सम्पुर्ण विभेद अन्तर्गत महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत जनचेतनाका माध्यमबाट सरकारलाई सचेत एवंम खबरदारी गर्न ज्ञापन पत्रआज सिंहदरबारमा बुझाएका हुन् ।

महिला संघकी केन्द्रिय महासचिव एवंम राष्ट्रिय सभाकी माननीय धना खतिवडाको नेतृत्वमा जेसिस २०१९ की अध्यक्ष भावना ठकुरी बिष्ट सहित सुमित्रा बि क, लक्ष्मी शोभा डगोल, सुमृता शर्मा, प्रबिना शर्मा, निकिला श्रेष्ठ, इन्दिरा जोशी, तिर्थ श्रेष्ठ र अमृता श्रेष्ठको समेत उपस्तिथिमा ज्ञापन पत्र बुझाइएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्