काठमाडौं, चैत १६, २०७५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा लगानी गर्ने घोषणा गरेको छ ।

लगानी सम्मेलनका क्रममा एनआरएन विकास लगानी कोष स्थापनाका लागि सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहनेछ ।

कोषको ८५ प्रतिशत पुँजी बिभिन्न हैसियतमा विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिनेछ ।

अध्यक्ष भट्टले यो लगानी अन्य भन्दा फरक भएको बताउनु भयो । उहाले सबै एनआरएनएले शेयर खरिद गरेर यसमा सहभागी हुन सक्ने बताउनु भयो । उहाले नेपालको विकासका लािग यो एक गेम चेन्जर हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्