टोकियो, १६ चैत्र २०७५ । पार्टी सभापती विरुद्ध उजुरी दिएका गोरखाका कांग्रेस नेता राजेन्द्र बजागाईलाई तरुण दलका अध्यक्ष जितजँग बस्नेतले तरुण दलको लेटर प्याडमै बिज्ञप्ती निकालेर चेतावनी दिएपछी, जितजँग बस्नेतले नै अनुशासन बिपरीत अभिव्यक्ति दिएको भन्दै कांग्रेसका क्रियाशिल सदस्य यदुराम सापकोटाले ,बस्नेतविरुद्ध नै अनुशासन समितीमा उजुरी पेश गरेका छन् ।

उनले ठुला नेताविरुद्ध, पार्टी सभापतीविरुद्ध अनुशासन उल्लङ्घनका उजुरी गर्नै नपाईने हो भने मलाई पनि कार्बाही गरिसोस् र जितजँग बस्नेतलाई पनि कार्बाही गरियोस् भनि, आफु र जित जँग बस्नेत दुबैलाई कार्बाहीको उजुरी गरेका हुन् । बस्नेतलाई उजुरी गर्दै सापकोटाले , उजुरीका ३ कारणहरु प्रस्तुत गरेका छन् । सापकोटाले यस अगाडी पार्टी मुख्य सचिबले पार्टी कार्यालयमा अनुशासन र बिधान बिपरीत गतिबिधि गरेको भन्दै उजुरी पेश गरेका थिए ।

मिति -सन २०१९ / मार्च ३०

श्रीमान् संयोजक ज्यु,
केन्द्रीय अनुशासन समिति,
नेपाली कांग्रेस, सानेपा, ललितपुर ।

विषय : मलाई पनि कारबाही गरियोस् , तरुण दलका अध्यक्ष जित जँग बस्नेतलाई पनि गरी पाउँ ।

महोदय,
म नेपाली कांग्रेसको क्रियाशील सदस्य,यदुराम सापकोटा । पार्टीका नेता र कार्यकर्ताले गरेको बिधान बिपरीत र अनुशासन बिपरित पटक पटक उजुरी पेश गरेको हुँदा, सर्वप्रथम मलाई कारबाही गरियोस् भनी निबेदन पेश गर्न चाहान्छु ।

मलाई कारबाहीको लागि आफै उजुरी पेश गर्नुको कारण, पार्टीमा ठुला नेताविरुद्ध अनुशासनको कारबाही सिफारिस कोही नेता र कार्यकर्ताले गर्न पाईदैन भनेर ,पार्टीको महत्वपुर्ण भातृसंस्थाको जिम्मेवार पदमा रहेको नेताले बिज्ञप्ती सहित चेतावनी र धम्की दिनुभएको हुदाँ, उहाँको नजरमा म पनि अनुशासन उल्लङ्घन गरेको कार्यकर्तामा पर्न सक्छु त्यसैले मलाई पनि कारबाही गरियोस् ।

साथै, नेपाली कांग्रेसको महत्वपुर्ण भातृसंस्था तरुण दलका अध्यक्ष जितजँग बस्नेतलाई अनुशासन समितिको दायरामा ल्याई छानबिन गरेर दोषी ठहर भएमा कारबाही गर्न आग्रह गर्दछु । निजलाई कारबाहीको लागि उजुरी गर्नुका निम्न कारणहरु बुँदागत रुपमा प्रस्तुत गर्न चाहान्छु ।

१) भातृ संस्थाको नेत्रित्वमा रहेर, बिधान बमोजिम , तरुण दलको केन्द्रिय कार्यसमितीलाई पुर्णता दिईसकेको हुनुपर्नेमा, कार्यसमितीको म्याद सकिन केही महिना मात्र बाकी हुँदा समेत तरुण दलजस्तो पार्टीको महत्वपुर्ण भातृसंस्थालाई भागबन्डाबाट चुनिएका ४ जना पदाधीकारीमा मात्र सिमीत राखि रहनु पार्टीको र स्वयम तरुण दलको समेत बिधान बिपरीत रहेको छ । बिधान बिपरीत भएको यो अयोग्यताको अनुशासन समितीमा छानबिन होस् ।

२) नेपाली कांग्रेसको बिधानमा, प्रवासमा पार्टीको शुभेच्छुक संस्था जनसम्पर्क समिती मात्र हुने उल्लेख छ । सम्बन्धित देशको जनसम्पर्क समितीको बिधानमा पनि,जनसम्पर्क समिती बाहेक पार्टीका अन्य भातृसंस्था सोही देशमा नहुने, सबै बिभागहरु जनसम्पर्क समिती अन्तर्गत रहने भन्ने उल्लेख गरीएको छ तर निज अध्यक्ष ज्यु ले, बिधान बिपरीत जापान लगायत प्रवासमा तरुण दल छ भनि जबरजस्त मान्यता दिन खोज्नुभएको छ । यो बिधान बिपरीत हो नै , बिधानमै नभएको गर्नु र गराउनु अनुशासन को उल्लङ्घन समेत हो, त्यसैले उहाँलाई अनुशासन समितीको छानबिन दायरामा ल्याईयोस् ।

३) पार्टीको बिधानको परिच्छेद ९ मा पार्टीको कोही नेता या कार्यकर्ताले बिधान बिपरीत गरेको या अनुशासन बिपरीत गरेको पाईएमा, जो कोही कार्यकर्ताले पनि अनुशासन समितीमा जो विरुद्ध पनि उजुरी दिन सक्ने ब्यबस्था भए बमोजीम, बर्तमान अनुशासन समितीमा पार्टीका महा-समिती सदस्य, राजेन्द्र बजागाईले पार्टी सभापती विरुद्ध दिनुभएको उजुरीको बिषय ,बिधानसंवत हुदाँ हुदैँ पनि, त्यो छानबिन गर्ने निकाय अनुशासन समिती नै आधिकारीक हुदाँ हुदैँ पनि, तरुण दलका अध्यक्षले तरुण दलको लेटर प्याड समेत प्रयोग गरी उजुरी पेश गर्ने राजेन्द्र बजागाईलाई धम्की पुर्ण भाषामा चेतावनी दिनु, झन ठुलो अनुशासन उल्लङ्घन हो । त्यसैले निजमाथी अनुशासन समितीले छानबिन गरोस् ।

आफ्नै कार्यकर्तालाई धम्काएर ,कांग्रेसमा लोकतन्त्र छैन । कार्यकर्ताले नेता विरुद्ध उजुरी गर्दा धम्काईन्छ भन्ने सबै सामु उहाँले देखाउनु भएको छ । लोकतान्त्रिक पार्टीमा बिधानसंवत उजुरी गर्दा कार्यकर्ताले धम्की खानुपर्ने कस्तो अनुशासन र आचरण हो । सबै प्रकारबाट छानबिन होस् ।

माथी उल्लेखित कारणहरु सहित छानबिनका लागि उजुरी पेश गर्दछु ।
जय नेपाल ।

बोधार्थ
भिस्मराज आङ्देङ्बे -अनुशासन समिती संयोजक
देबेन्द्रराज कडेल-अनुशासन समिती सदस्य
धनराज गुरुङ-अनुशासन समिती सदस्य
किशोरसिङ राठौर-अनुशासन समिती सदस्य
उमाकान्त चौधरी-अनुशासन समिती सदस्य

निवेदक
यदुराम सापकोटा,
नेपाली कांग्रेस क्रियाशिल सदस्य (जापान)

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्