काठमाण्डाै, १० चैत्र २०७५ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान गरिएको छ ।

सिटौला भर्ना हुनुभएको ह्याम्स अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिनुभयो ।

‘दुख बाँडौँ, सुख साटौँ’ भन्ने भावनासहित हामीले अस्पतालमै रक्तदान गरेका छौँ, यसबाट सिटौलासहित धेरैले रगत पाउनेछन्’, भट्टले उज्यालोलाई जानकारी दिनुभयो ।

शुक्रबार राति हस्पताल भर्ना हुनुभएका सिटौलाको आईसीयूमा राखेर उपचार भइरहेको छ । आइतबार मध्यान्ह अस्पतालले निकालेको स्वास्थ्य अपडेट अनुसार अहिले सिटौलाको आन्द्राको रक्तश्रावको उपचार भैरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्